गृहपृष्ठ कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने

कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने

कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भोटेकोशीमा गएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ । बाढीका कारण धेरै जनधनको क्षति भएकोप्रति सरकारले गहिरो दुःख पनि व्यक्त गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा तत्काल रु तीन करोड प्रादन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत प्रदान गर्न सङ्घीय सरकारसँग समन्वय गर्नुका साथै कोशी प्रदेश सरकार अन्तरसमन्वय गर्न तयार रहेको पनि उनले बताए । मनसुन अझै सक्रिय रहेकाले कोशी प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समिति सजग र सचेत रहन पनि निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु