गृहपृष्ठ होर्मुज जलमार्गबाट सैन्य जहाजलाई प्रवेश नदिने इरान–ओमानबीच सहमति
होर्मुज जलमार्गबाट सैन्य जहाजलाई प्रवेश नदिने इरान–ओमानबीच सहमति
इरान र ओमानबीच होर्मुज जलमार्गमा जहाजहरूको आवागमन व्यवस्थापनका लागि एक नयाँ फ्रेमवर्कमा सहमति भएको छ । नयाँ प्रस्ताव अनुसार यस जलमार्गबाट कुनै पनि सैन्य जहाजहरूलाई आवतजावत गर्न नदिइने इरानका उप–विदेशमन्त्री काजिम गरिबाबादीले जनाएका छन् ।
मध्यपूर्वमा इरान युद्ध सुरु भएको करिब ६ महिना पुग्नै लाग्दा बन्द प्रायः रहेको सो जलमार्गमा व्यावसायिक जहाजको आवागमन सुचारु गर्ने विषयमा दुवै देशका उच्च कूटनीतिज्ञहरूबीच भएको छलफलपछि उक्त प्रगति भएको बताइएको छ ।
इरानका उप–विदेशमन्त्री गरिबाबादीले यो सहमति लागु भएमा होर्मुज जलमार्ग भएर कुनै पनि मुलुकको सैन्य जहाजलाई प्रवेश वा पार हुन नदिइने बताए ।
ओमानको खाडीबाट पर्सियन खाडीतर्फ प्रवेश गर्ने व्यावसायिक जहाजहरू पूर्ण रूपमा इरानी जलक्षेत्र भई जाने बताइएको छ । त्यसैगरी, बाहिरिने मार्ग भने केही भाग इरानी जलक्षेत्र र केही भाग ओमानको प्रादेशिक जलक्षेत्र भएर तय गरिने बताइएको समाचारमा उल्लेख छ ।
प्रकाशित समय : १०:२८ बजे


















