गृहपृष्ठ तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल
तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल
सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएका छन् ।
कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए ।
मन्त्री पोखरेलले भने, “प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रुपमा सम्पादन गर्न सकिँदैन । त्यसैले शिक्षा नियमावलीको १०औँ संशोधन र अन्य ऐेन, कानुनले गरेका व्यवस्थाको परिपालना गर्न मिलेर अगाडि बढौँ ।”
शिक्षा ऐन, नीति र कानुन बनाउँदा सबै सरोकारभएकाहरुसँग बढीभन्दा बढी संवाद गर्न आवश्यक रहेको भन्दै मन्त्री पोखरेलले संवादबाटै सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शिक्षा विभागका निर्देशक णप्रसाद न्यौपानेले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न नीति, कानुन, निर्देशिका, मापदण्ड तथा वार्षिक कार्यक्रमको कार्यान्वयनमा प्रदेश, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइ ९इडिसीयु० बीच समान बुझाइ कायम गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताए ।
अभिमुखीकरणमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश, ईडीसीयू र स्थानीय तहका शिक्षा कार्यक्रमबारे छलफल तथा अभिमुखीकरण गरिने समन्व एकाइ कैलालीका प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो । अभिमुखीकरणमा शिक्षा नीति, कार्यक्रम तथा बजेट, ‘सेक्टर वाइड एप्रोच’ अन्तर्गतका व्यवस्था र कार्यक्रमसँग जोडिएका सूचक तथा बजेट निकासाबारे जानकारी दिइनेछ ।
यस्तै, प्रदेश, इडिसीयु तथा स्थानीय तहका आर्थिक वर्ष २०८३/८४ का कार्यक्रमबारे छलफल, स्थानीय शिक्षा योजनाका आधारमा वार्षिक रणनीतिक कार्यान्वयन योजना तथा वार्षिक कार्ययोजना तथा बजेट विकास गर्ने विषयमा प्रशिक्षण दिइनेछ । यसबाट स्थानीय तहले आफ्नो स्वीकृत शिक्षा योजनालाई वार्षिक कार्यक्रम तथा बजेटसँग कसरी जोड्ने भन्ने विषयमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।
साथै, विद्यालय शिक्षा क्षेत्रको सूचना व्यवस्थापन प्रणालीको प्रयोग तथा यसबाट प्राप्त तथ्याङ्कको उपयोगबारे छलफल गरिनेछ । शिक्षा क्षेत्रका विभिन्न मापदण्ड तथा नीतिबारे समेत अभिमुखीकरण गरिने जनाइएको छ । कार्यक्रममा प्रदेशका नौ वटै जिल्लााका शिक्षासँग सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ ।
प्रकाशित समय : १२:३७ बजे


















