गृहपृष्ठ सिद्धार्थ बैंकमा अब कर्पोरेट खाता अनलाइनबाटै खोल्न सकिने
सिद्धार्थ बैंकमा अब कर्पोरेट खाता अनलाइनबाटै खोल्न सकिने
काठमाडौं सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक यस्तो डिजिटल सेवा सुरु गरिएको हो।
नयाँ सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्। आवश्यक विवरण तथा कागजात डिजिटल माध्यमबाट पेश गरी खाता खोल्ने प्रक्रिया सुरु गर्न सकिने बैंकले जनाएको छ।
खाता सक्रिय गर्न भने ग्राहकले आवश्यक प्रमाणीकरण तथा अन्य प्रक्रिया पूरा गर्न सक्कली कागजातसहित नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ।
ग्राहकको समय बचत गर्नुका साथै खाता खोल्ने प्रक्रियामा हुने झन्झट कम गर्ने उद्देश्यले सेवा सुरु गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार नयाँ व्यवस्थाले व्यवसायिक तथा संस्थागत ग्राहकलाई बैंकिङ सेवामा थप सहज डिजिटल पहुँच उपलब्ध गराउनेछ।
सेवाबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिनेछ।
प्रकाशित समय : १७:०९ बजे


















