गृहपृष्ठ ग्यासको कालोबजारी गर्ने पक्राउ

ग्यासको कालोबजारी गर्ने पक्राउ

ग्यासको कालोबजारी गर्ने पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।

उपभोक्तालाई प्रतिसिलिण्डर सात हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

निजले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिण्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए ।

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु