global ime bank Long Banner Ad

गृहपृष्ठ गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु (260730) -- GAZA, July 30, 2026 (Xinhua) -- Palestinians inspect the destruction following an Israeli airstrike in Al-Shati refugee camp, west of Gaza City, on July 30, 2026. (Photo by Rizek Abdeljawad/Xinhua)

युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ । शनिबार रातभर भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन् ।

यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निःशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरू निसानामा परेका थिए ।

मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा गरेको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएका नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।

गाजा सहरको पश्चिममा रहेको अर्को अपार्टमेन्टमा भएको आक्रमणमा एक वृद्ध र एक बालकको मृत्यु भएको छ । त्यसैगरी, दक्षिणी गाजाको खान युनिसको उत्तर–पश्चिममा रहेको अर्को अपार्टमेन्टमा गरिएको आक्रमणमा एक बालकसहित तीन जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको थियो । ती आक्रमणका क्रममा एउटा अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुगेको र भवनको छतसमेत निसाना बनाइएको अधिकारीहरूले बताएका छन् ।रासस

 

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु