global ime bank Long Banner Ad

गृहपृष्ठ नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो ।
नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो । पेरुभियाली कम्पनी एरोडियानाद्वारा सञ्चालित उक्त विमानले विगत १४ वर्षदेखि ‘सेसना ग्रान्ड क्याराभान’ विमानमार्फत नाज्का लाइन्समाथि दृश्यावलोकन उडान सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

नाज्का लाइन्स पेरुका प्राचीन बासिन्दाले मरुभूमिमा कुँदेर बनाएका विशाल भू–चित्रहरूको समूह हो । जनावरका आकृतिमा रहेका यी भू–चित्रहरू विमान वा विशेष दृश्यावलोकन टावरबाट मात्र स्पष्ट रूपमा देख्न सकिन्छ ।

पेरुको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा १८ देखि ५४ वर्ष उमेर समूहका सात इटालियन, ५२ वर्षका दुई स्पेनी तथा ७७ र ७८ वर्षका दुई जर्मन नागरिकको मृत्यु भएको छ । साथै, पाइलट अमेरिको सालाजार र सहपाइलट इरेन्का गुआनिलो डेल कार्पियोको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति केइको फुजिमोरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नाज्का विमानस्थलको अस्थायी सञ्चालन स्थगन गर्ने विषयमा सम्बन्धित मन्त्रालयहरूको प्रतिवेदनपछि निर्णय गरिने बताएको छन् ।

पेरुभियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन् । एरोडियाना कम्पनीले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।रासस

 

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु