काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानद्वारा अमेरिकासँग १० अर्ब डलर सहयोग माग

2.21K
shares

महेन्द्रनगर ।कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरुप वार्षिक राजस्व सङ्कलन गर्न सकेन ।

गत आर्थिक वर्ष २०८२र०८३ मा ६९ करोड दुई लाख ८६ हजार वार्षिक राजस्व सङ्कलनको लक्ष्य लिएकोमा ६० करोड नौ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिए ।

“लक्ष्यभन्दा १३ प्रतिशतले कम राजस्व जम्मा भयो”, सूचना अधिकृत भट्टले भने “तोकिएकोमा ८७।५ प्रतिशत राजस्व जम्मा भएको छ ।” उनले गत जेठमा करको दरमा गरिएको कडाइ र वनबासा पुल सीमित समय मात्रै खुल्ने भएका कारण राजस्व सङ्कलनमा प्रभावित हुने गरेको बताए ।

यहाँबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इलेक्ट्रिक सामान, भाँडाकुँडा, कृषि सामग्रीलगायतका वस्तु आयात र अदुवालगायतका मालसमान भारत निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।