global ime bank Long Banner Ad

गृहपृष्ठ साउन १४ देखि लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चर बिक्री खुल्ने

साउन १४ देखि लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चर बिक्री खुल्ने

साउन १४ देखि लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चर बिक्री खुल्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्कासन गर्ने भएको छ। बैंकले ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नाममा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र साउन १४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो।

कुल निष्कासित ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको बैंकले जनाएको छ। सर्वसाधारणतर्फ छुट्याइएको हिस्सामध्ये ६० हजार कित्ता अर्थात् ५ प्रतिशत सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि सुरक्षित गरिएको छ।

१० वर्ष अवधि रहने यस डिबेञ्चरमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। नियमित प्रतिफल खोज्ने लगानीकर्ताका लागि यो ऋणपत्र आकर्षक विकल्प हुन सक्ने बैंकको विश्वास छ।

इच्छुक लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन साउन १९ गते बैंकिङ समयपछि बन्द हुनेछ। पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन २८ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।

यस डिबेञ्चरमा न्यूनतम २५ कित्तादेखि अधिकतम सबै उपलब्ध कित्तासम्म आवेदन दिन सकिनेछ। ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडले सम्हालेको छ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु