global ime bank Long Banner Ad

गृहपृष्ठ नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहअन्तर्गतका १२ लाख कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै शेयर खरिदका लागि आवेदन आह्वान गरेको हो।

कम्पनीका अनुसार बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

शेयर खरिदका लागि आवेदन काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउन सकिने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर प्रचलित कानुनी व्यवस्था अनुसार दोस्रो चरणमा अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले स्पष्ट गरेको छ।

कम्पनीले आफ्नो हक सुनिश्चित गर्न इच्छुक संस्थापक शेयरधनीलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु