global ime bank Long Banner Ad

गृहपृष्ठ आजको राशिफल : साउन ५, मंगलबार

आजको राशिफल : साउन ५, मंगलबार

आजको राशिफल : साउन ५, मंगलबार

आज २०८३ साल साउन ५ गते मंगलबार। चन्द्रमा कन्या राशिमा र सूर्य कर्कट राशिमा छन्। आज महत्वपूर्ण काम वा शुभ यात्रामा निस्कनुअघि बिहान ६ः०८ देखि ९ः१३ बजेसम्मको समय शुभ मानिएको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा अपेक्षाभन्दा बढी मेहनत गर्नुपर्नेछ। जीवनसाथीसँग सामान्य असमझदारी देखिन सक्छ। सीप र क्षमताको उचित मूल्यांकन हुने भएकाले अध्ययन, करियर र व्यक्तित्व विकासका काम अघि बढाउन उपयुक्त दिन छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। वैकल्पिक आम्दानीका स्रोततर्फ आकर्षण बढ्नेछ। पारिवारिक व्यस्तताबीच शुभ समाचारले उत्साह थप्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज नयाँ निर्णय लिन हतार नगर्नु राम्रो हुन्छ। मानसिक तनाव र अन्योल बढ्न सक्छ। अध्ययन, आत्मसंयम र आध्यात्मिक गतिविधिमा ध्यान केन्द्रित गर्दा लाभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यक्तित्वमा आकर्षण बढ्नेछ। प्रेम र दाम्पत्य सम्बन्ध सुखद रहने सम्भावना छ। पेशागत कामसँगै परिवारलाई पनि समय दिनुपर्ने देखिन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष बलियो रहने संकेत छ। व्यवसायमा प्रगति भए पनि मानसिक व्यस्तता बढ्न सक्छ। अनावश्यक विवाद र अहंकारबाट टाढा रहनु राम्रो हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कामबाट लाभ मिल्नेछ। परिवार र सन्तानबाट सुखद साथ पाइनेछ। सीप, प्राविधिक ज्ञान र मेहनतको राम्रो प्रतिफल प्राप्त हुने दिन छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यालयका काम सहज रूपमा सम्पन्न हुनेछन्। परिवार र प्रेम सम्बन्धमा समय दिन सके सम्बन्ध अझ मजबुत बन्नेछ। अध्ययन र ज्ञान आर्जनका लागि पनि दिन अनुकूल छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारमा शुभ समाचार सुन्न पाइनेछ। अध्ययनमा सफलता र मेहनतको प्रतिफल मिल्ने योग छ। धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परीक्षा, प्रतिस्पर्धा वा अन्तर्वार्तामा सफलता मिल्ने सम्भावना छ। आर्थिक लाभका साथै दीर्घकालीन लगानीका लागि पनि समय अनुकूल देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ आम्दानीका अवसर देखिनेछन्। साझेदारीका काममा सफलता मिल्नेछ। बोली र व्यवहारमा संयम अपनाउन सके थप लाभ प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामको जिम्मेवारी बढे पनि त्यसको सकारात्मक प्रतिफल मिल्नेछ। प्रियजनसँग भेटघाटको अवसर मिल्नेछ। अहिले गरिएको लगानी भविष्यका लागि लाभदायी बन्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षामा रहेको काम वा नतिजा अनुकूल आउने सम्भावना छ। आत्मविश्वास र मेहनतका कारण सफलता हात पर्नेछ। सिर्जनात्मक सोचले नयाँ अवसर दिलाउन सक्छ।

प्रकाशित समय : ०५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु