काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘कानुन सुधार र निर्माण वर्ष’ सफल बनाउन आग्रह

1.85K
shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले चालु आर्थिक वर्षलाई ‘कानुन सुधार र निर्माण वर्ष’ घोषणा गर्दै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालासँग सहकार्यको आग्रह गरेको छ।

यसका लागि मन्त्रालयले आइतबार सबै मन्त्रालयका कानुन शाखा तथा महाशाखा प्रमुखसँग छलफल सुरु गरेको छ। मन्त्रालयका अनुसार अब प्रत्येक महिनाको पहिलो सोमबार यस्ता बैठक नियमित रूपमा सञ्चालन गरिनेछ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको सचिवालयका अनुसार चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका १६६ विधेयकको लक्ष्य पूरा गर्न र सङ्घीय संसद्लाई आवश्यक विधेयक समयमै उपलब्ध गराउने उद्देश्यले छलफल सुरु गरिएको हो।

आगामी आर्थिक वर्षमा संसद्मा दर्ता गर्ने विधेयकहरूको सूची मन्त्रालयले यसअघि नै सङ्घीय संसद्मा बुझाइसकेको जनाएको छ। मन्त्रालयले विकास निर्माण र सुशासनका लागि आवश्यक कानुनी आधार तयार गर्न यस वर्ष कानुन सुधारलाई प्राथमिकतामा राखेको छ।

‘कानुन सुधार तथा निर्माण वर्ष’ सफल बनाउन मन्त्रालयले नौबुँदे कार्ययोजना पनि तयार गरिसकेको छ। सरकारले संसद्मा विधेयकको अभाव हुन नदिने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।