काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालमा बाल यौन दुराचारमा सजाय भोगेका अमेरिकी नागरिक आफ्नै देशमा पनि दोषी ठहर

1.81K
shares

काठमाडौं । नेपालमा बाल यौन दुराचारको अभियोगमा नौ वर्ष कैद सजाय भोगेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स अमेरिकाको सङ्घीय अदालतबाट पनि सोही कसुरमा दोषी ठहर भएका छन्।

अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो वेबसाइटमार्फत कुम्ब्स दोषी ठहर भएको जनाएको हो। नेपाल प्रहरीका अनुसार नेपालमा सजाय पूरा गरी अमेरिका फर्किएपछि उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सन् २०२५ को सेप्टेम्बरमा पक्राउ गरेको थियो। उनी त्यसयता हिरासतमा छन् भने आगामी अक्टोबर २८ मा सजाय निर्धारण हुने अमेरिकी न्याय विभागले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुर्गम क्षेत्रका बालकलाई सहरमा ल्याई विदेशी नागरिकलाई यौन शोषणका लागि उपलब्ध गराउने गिरोहमाथि अनुसन्धान गर्ने क्रममा कुम्ब्सलाई पक्राउ गरेको थियो। उनीसँगै उनलाई सहयोग गरेको आरोपमा काठमाडौं स्वयम्भूका बुद्ध पुतवार (लुच्चे) पनि पक्राउ परेका थिए।

जिल्ला अदालत काठमाडौंले २०७४ वैशाख १० गते कुम्ब्सलाई नौ वर्ष र पुतवारलाई चार वर्ष कैद सजाय सुनाएको थियो।

अमेरिकी न्याय विभागका अनुसार कुम्ब्सले सन् २०१६ मा नेपालमा रहँदा होटलमा आठ जना बालकमाथि यौन दुराचार गरेका थिए। पीडितमाथि यौन शोषण गर्न उनले बल प्रयोग गर्ने, नशालु पदार्थ सेवन गराउने तथा पैसाको प्रलोभन देखाउने गरेको अभियोगमा उल्लेख छ।

अनुसन्धानका क्रममा कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट पीडित बालबालिकाका तस्बिरसमेत बरामद भएको अमेरिकी न्याय विभागले जनाएको छ।

यस अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय तथा गैरसरकारी संस्था नयाँ पाइला (Newa Paila) ले सहयोग गरेको अमेरिकी न्याय विभागले उल्लेख गरेको छ। रासस