global ime bank Long Banner Ad

गृहपृष्ठ ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल

काठमाडौँ । तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ ।

काठमाडौँ महानगरपलिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेका हुन ।

डङ्गोलले भने “काठमाडौँबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पु¥याइएका पुरातात्विक महत्व बोकेका वस्तु कानुनी र कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै देशमा फर्काउने अभियानमा छौँ ।”

कुराकानीका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले राख्नुभएको जिज्ञासामा डङ्गोलले विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताए ।

तलेजु भवानी (तुलजा भवानी) विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालदेखिको शक्ति, शासन र समृद्धिको प्रतीक हुन् । उनलाई दैवीशक्ति वा मातृशक्तिका रुपमा पुजिन्छ ।

कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीलाई नेपाल भित्र्याएका थिए । त्यसपछिका मल्ल राजाले तलेजुलाई आफ्नो राज्यको प्रमुख संरक्षक र कुलदेवी मानेको इतिहासमा पढ्न पाइन्छ ।

नेवार समुदायमा तलेजु भवानीलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । तलेजु मन्दिरका पुजारीलाई कर्माचार्य भनिन्छ । तलेजु भवानीको पूजा परम्परा गोप्य हुन्छ । हनुमान ढोका, भक्तपुर र पाटनका तलेजु मन्दिर यहाँ प्रसिद्ध छन् । उक्त मन्दिर वर्षको एकपटक अर्थात् दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु