गृहपृष्ठ राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेको छ । उहाँले आज सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेको हो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८/८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ ।
प्रकाशित समय : १८:३० बजे



















