गृहपृष्ठ नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
‘
काठमाडौँ । यसवर्षको २५ हजार राशिको ‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
नन्दप्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीका अनुसार दोलखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गरे् योगदानको करदस्वरुप उनलाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको हो ।
आगामी भदौ ४ गते नन्दप्रसाद शिवाकोटीको जन्मजयन्तीका दिन यहाँ श्री श्रेष्ठलाई सम्मान गरिने छ । निजामती सेवामा लामो समय व्यतीत गर्नुभएका उीन सहसचिव पदबाट निवृत्त भएको हुन् ।
अठासी वर्षीय श्रेष्ठ चरीकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष, गौरीशङ्कर सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष, सिँगटी सामुदायिक अस्पतालका पनि संस्थापक अध्यक्ष हुन् ।
प्रकाशित समय : १३:१४ बजे



















