गृहपृष्ठ आजको राशिफलः विसं २०८३ असार २४ गते बुधबार
आजको राशिफलः विसं २०८३ असार २४ गते बुधबार
आज विसं २०८३ साल असार २४ गते बुधबार, ईस्वी संवत् २०२६ जुलाई ८, नेपाल संवत् ११४६ तछलागा अष्टमी परेको छ। आज असार कृष्ण अष्टमी, पञ्चाङ्गअनुसार अतिगण्ड योग, कौलव करण रेवती नक्षत्र रहेको छ। आज बुधाष्टमी व्रत पनि परेको छ।
आज चन्द्रमा मीन राशिमा र सूर्य मिथुन राशिमा रहेका छन्। नेपालमा आज सूर्योदय बिहान ५ः१५ बजे र सूर्यास्त साँझ ७ः०१ बजे हुनेछ।
महत्वपूर्ण कार्यका लागि बाहिर निस्कँदा नौनी घिउ चाटेर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुने विश्वास छ। आज शुभ कार्यको सुरुआत तथा यात्राका लागि बिहान ६ः०९ बजेदेखि ९ः४६ बजेसम्मको समय शुभ रहेको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने दिन छ। आर्थिक कारोबारमा साना खर्चको समेत ख्याल गर्नुपर्छ। अनावश्यक काममा समय खर्च नगरी मन स्थिर बनाएर अघि बढ्नु उचित हुनेछ। भावनात्मक उतारचढाव भए पनि बाहिरी रूपमा सामान्य देखिने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतको मिहिनेत र लगनशीलताको फल प्राप्त हुने दिन छ। बोनस वा अतिरिक्त आम्दानीको सम्भावना देखिन्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। नयाँ स्थानको यात्रा वा नयाँ व्यक्तिसँगको भेटले आनन्द दिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वास र दृढता बढ्ने दिन छ। व्यापारमा ठूलो समस्या नदेखिए पनि पारिवारिक सम्बन्धमा केही दूरी आउन सक्छ। परिश्रम र प्रयासबाट व्यक्तित्व विकास तथा प्रतिष्ठा प्राप्त गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम सुरु गर्न अनुकूल समय छ। सही समय र स्थान छनोट गर्न सके सफलता मिल्नेछ। पारिवारिक विषयलाई प्राथमिकता दिनुपर्ने समय छ। भावनामा नियन्त्रण राखेर व्यवहार गर्नु राम्रो हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने दिन छ। साथीभाइ तथा सहयोगीबाट अपेक्षित साथ नपाउन सकिन्छ। स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ। खनिज तथा पुरातात्त्विक वस्तुको कारोबारमा लाभ मिल्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कलात्मक क्षेत्र, मनोरञ्जन तथा सिर्जनात्मक काममा सफलता मिल्ने दिन छ। स्वादिष्ट भोजन र रमाइलो गतिविधिमा समय बित्नेछ। गुरु तथा अभिभावकको विश्वास कायम राख्दै लक्ष्यप्रति केन्द्रित हुनुपर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धी र विरोधीप्रति सचेत भएर काम गर्नुपर्ने दिन छ। योजना गोप्य राख्नु उचित हुनेछ। आर्थिक समस्या समाधानतर्फ अघि बढ्ने समय छ। नियमित काममा उत्साह बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तानको प्रगति देखेर खुसी हुने दिन छ। परिवारको सहयोगबाट रोकिएका काम पूरा हुन सक्छन्। अध्ययन, लेखन तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्याले केही तनाव दिन सक्छ। काममा लापरवाही नगर्नु उचित हुनेछ। परिश्रम गरेमा राम्रो परिणाम प्राप्त हुनेछ। खर्चिलो वस्तुको प्रयोग गर्दा सावधानी अपनाउनु पर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य क्षेत्रमा उत्साहजनक परिणाम प्राप्त हुने दिन छ। नयाँ रोजगारी वा व्यवसायप्रति आकर्षण बढ्नेछ। बोली र व्यवहारबाट अरूलाई प्रभावित गर्न सकिने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ सम्बन्ध बन्ने सम्भावना छ। नयाँ लगानी वा अपरिचित क्षेत्रमा जोखिम लिन उपयुक्त समय नहुन सक्छ। व्यवहारमा नम्रता अपनाउँदा लाभ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलता र मेहनतबाट उत्कृष्ट परिणाम प्राप्त हुने दिन छ। नयाँ ज्ञान हासिल गर्ने तथा विगतको अनुभव प्रयोग गर्ने समय हो। धन र प्रतिष्ठा बढाउने प्रयास सफल हुनेछन्।
प्रकाशित समय : ०६:४४ बजे


















