global ime bank Long Banner Ad

गृहपृष्ठ उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

गोरखा । उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल (बिओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ र सीमा क्षेत्रको संयुक्त अनुगमन गरेको छ ।

चुमनुब्री गाउँपालिका–१ साम्दोमा रहेको बिओपीका सशस्त्र प्रहरी, प्रहरी चौकी सामागाउँका नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको संयुक्त टोलीले बुधबार रुइला नाका र त्यहाँ रहेको ३५ नम्बर सीमा स्तम्भ क्षेत्रको अवलोकन गरेको हो ।

प्रहरी निरीक्षक आकाश सूचीकारको नेतृत्वमा सामागाउँ प्रहरी चौकीका प्रहरी, वडा सदस्य पासाङ लामा तथा साम्दो, सामागाउँ र स्याला गाउँका स्थानीयवासी सम्मिलित टोलीले उक्त क्षेत्रको अनुगमन गरेको सशस्त्र प्रहरी गोरखा गुल्मका प्रमुख डीएसपी ढलप्रसाद काफ्लेले जानकारी दिए ।

उक्त टोलीले समय–समयमा त्यस क्षेत्रको निरीक्षण गर्दै शान्ति सुरक्षा लगायतका विषयमा जानकारी हासिल गर्दै आएको छ ।

साम्दोस्थित बिओपीले ग्याला नाका, रुइला नाका र लाजुन नाका क्षेत्रमा सुरक्षा गर्दै आएको छ ।

छेक्या र बाजु क्षेत्रमा लामो समयदेखि बिओपी स्थापना गर्ने योजना रहे पनि हालसम्म स्थापना हुन सकेको छैन ।

प्रकाशित समय : १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु