global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला । जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर मिनी टिलर वितरण गरेको छ ।

कृषि समूह, किसान र कृषि उद्यमीलाई २६ वटा हाते ट्याक्टर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनी टिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका कृषि अधिकृत कमल देवकोटाले जानकारी दिए ।

किसानलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८२र८३ मा २६ जना कृषि उद्यमी किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको कृषि अधिकृत देवकोटाको भनाइ छ ।

व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यावसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी मिनी टिलर वितरण गरिएको हो । यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख खेमराज शाहीले बताए।

कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यावयन एकाइ जुम्लाले जनाएको छ ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु