global ime bank Long Banner Ad

गृहपृष्ठ रास्वपा सभापति रवि लामिछाने ५ दिने भारत भ्रमणमा जाँदै

रास्वपा सभापति रवि लामिछाने ५ दिने भारत भ्रमणमा जाँदै

रास्वपा सभापति रवि लामिछाने ५ दिने भारत भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत जाँदै छन्।

उनीसँग पत्नी निकिता पौडेलसहित बिपिन आचार्य र दीपक बोहरा पनि भारत जाने भएको छन्। भारत सरकारको निमन्त्रणामा जान लागेका लामिछाने जुन ५ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

आइतबार साँझसम्म दुवै पक्षबाट भ्रमणको औपचारिक घोषणा गरिएको छैन। तर काठमाडौं र नयाँदिल्लीका जानकार स्रोतहरूका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिश्री तथा भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बुझिएको छ।

जुन २ मा नयाँदिल्लीमा हुने औपचारिक भेटघाट र बैठकहरू सम्पन्न भएपछि लामिछानेले अयोध्याको भ्रमण गर्ने कार्यक्रम छ। साथै, रास्वपा र भारतीय सत्तारुढ दल भाजपाबीच पार्टी–पार्टी सम्बन्धलाई केन्द्रमा राखेर पनि छलफल हुने बताइएको छ। सबै आधिकारिक बैठकमा नेपाली कूटनीतिक अधिकारीहरूको उपस्थिति रहनेछ।

 

प्रकाशित समय : ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु