गृहपृष्ठ सलमान खानको फिल्म ‘काला हिरण’को पोस्टर सार्वजनिक
सलमान खानको फिल्म ‘काला हिरण’को पोस्टर सार्वजनिक
मुम्बई । बलिउड अभिनेता सलमान खानसँग जोडिएको चर्चित कालो हरिण शिकार प्रकरणमा आधारित भनिएको फिल्म ‘काला हिरण’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ भने दर्शकमाझ उत्सुकता पनि बढेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार फिल्मका निर्माता अमित जानीले चलचित्रमा सन् १९९८ को कालो हरिण शिकार प्रकरण तथा त्यससँग जोडिएका विभिन्न घटनाक्रमलाई समेटिएको बताएका छन्।
निर्माता जानीले चलचित्रमा सलमान खान र ग्याङ्स्टर लरेन्सबीचको विवादलाई पनि प्रस्तुत गरिएको छ। फिल्मको टिजर आगामी जुन २० मा सार्वजनिक गरिने भएको छ।
निर्माता जानीका अनुसार लामो समयदेखि निर्माणको तयारीमा रहेको यो फिल्म अब प्रदर्शनको चरणमा पुगेको छ ।
सन् १९९८ मा जोधपुरस्थित कंकानी गाउँमा कालो हरिणको शिकार गरेको आरोपमा सलमान खानविरुद्ध मुद्दा दर्ता भएको थियो।
प्रकाशित समय : १२:०१ बजे



















