global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटघाट गरेका छन्।

भेटका क्रममा जापानी राजदूतले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

मन्त्री गौतम र राजदूत माएडा बीच कानून सुधारका विषयमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका विषय बदलिँदो विश्व राजनीतिमा तीव्र रूपमा अगाडि बढिरहेको सन्दर्भमा त्यसलाई नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।

उनीहरूबीच सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने तथा जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु