गृहपृष्ठ बसको ठक्करबाट बालिकाको ज्यान गयो
बसको ठक्करबाट बालिकाको ज्यान गयो
नवलपरासीपूर्वको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट एक ४ वर्षीया बालिकाको ज्यान गएको छ ।
नेपाल नमुना मावि केउरेनीको हाताभित्रै लु १ क ३८१४ नम्बरको बस घुमाउने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत ४ वर्षीया सुष्माकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले ठक्कर दिएलगत्तै घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएको थियो । तर, अस्पताल लगिए पनि चिकित्सकले बालिकालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रकाशित समय : १३:०२ बजे


















