गृहपृष्ठ चिलिमे जलविद्युतको लाभांश वितरण सुरु
चिलिमे जलविद्युतको लाभांश वितरण सुरु
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस ३० गते सम्पन्न आफ्नो २९औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश वितरण सुरु गरेको छ।
सभाले गत आर्थिक वर्षका लागि कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सो नगद लाभांश सेयरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा पठाउन थालिएको कम्पनीले जनाएको छ।
यसका साथै सभाले ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। उक्त बोनस सेयर भने नेप्से सीडीएसीमा दर्ता तथा सूचिकृत भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ ।
प्रकाशित समय : १३:०८ बजे



















