global ime bank Long Banner Ad

गृहपृष्ठ सामाजिक उत्तरदायित्वअन्तर्गत कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई खानेपानी सामग्री सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई खानेपानी सामग्री सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई खानेपानी सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष दिनेश खत्रीलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको थियो । विद्यालयमा खानेपानी आपूर्तिका लागि डिप बोरिङ प्रणाली जडान गरिएको भएता पनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नभएको कारण विद्यार्थी तथा शिक्षकहरू हालसम्म शुद्ध पानी प्रयोग कठिन रहेको थियो । यस अवस्थालाई मध्यनजर गर्दै विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति हार्दिक आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर भक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वीरेन्द्रनगर नगरपालिका वडा नं १ को वडा अध्यक्ष, विद्यालय व्यवस्थापनका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु