गृहपृष्ठ झापा–५ मा रास्वपाले सुरु गर्यो घरदैलो कार्यक्रम
झापा–५ मा रास्वपाले सुरु गर्यो घरदैलो कार्यक्रम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा–५ मा घरदैलो कार्यक्रम सुरु गरेको छ । झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयोजनामा सोमबार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटेर आफ्नो पक्षमा मत मागेका छन् । रास्वपा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा भएको पहिलो चरणको घरदैलो कार्यक्रम मंगलबार सम्पन्न हुनेछ ।
प्रतिनिधिसभा निर्वाचनमा चर्चाको केन्द्र बनेको झापा–५ मा एमालेबाट अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले उमेदवारी दर्ता गराएका छन् ।
प्रकाशित समय : १२:५७ बजे


















