global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग गर्दा उच्च सम्मान र सतर्कता अपनाउन पार्टीका सबै तहका समितिलाई निर्देशन दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले आइतबार प्रदेश, जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गर्दै राष्ट्रिय झण्डाको प्रयोग मर्यादित, सम्मानजनक र कानुनसम्मत हुनुपर्ने स्पष्ट पारेको हो । परिपत्रमा निर्वाचन ऐन र आचारसंहिताअनुसार निश्चित संख्यामा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ ।

परिपत्रमा राष्ट्रिय झण्डालाई व्यक्तिको टाउकोभन्दा माथि राखेर सम्मानपूर्वक फहराउनुपर्ने र झण्डा भुइँमा खसाल्ने, ओढाउने वा अपमानजनक ढंगले प्रयोग गर्ने कार्य नगर्न विशेष जोड दिइएको छ । उम्मेदवार वा प्रचारकले कुनै पनि व्यक्तिको शरीरमा झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता र सम्मान दुवैको दृष्टिले गलत हुने जनाइएको छ ।

कांग्रेसले राष्ट्रिय शोकका अवसरमा हुने शवयात्रा वा चितामा राष्ट्रिय झण्डा ओढाउने परम्परा बाहेक अन्य अवस्थामा त्यस्तो अभ्यास नगर्न पनि निर्देशन दिएको छ । पार्टीले राष्ट्रिय झण्डाको गरिमा जोगाउने दायित्व सबै राजनीतिक दल र नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेको छ ।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु