काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘प्रदेश सरकारले विद्यालयतहबाटै नैतिक शिक्षालाई जोड दिन्छ’

1.62K
shares
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यालयतहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिने बताएका छन।
हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले नैतिक शिक्षाबिना समाज र राष्ट्र अघि बढ्न नसक्ने भएकाले विद्यालय तहबाटै नैतिक शिक्षालाई प्रदेश सरकारले जोड दिएको बताए ।
“गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा शिक्षित व्यक्ति पनि भाटभटेनी लुट्न गएको देख्न सकिन्छ, यसको प्रमुख कारण शिक्षा नभएर होइन । नैतिक शिक्षा नभएर हो”, मुख्यमन्त्री बानियाँले भने, “विद्यालयमा नैतिक शिक्षा पढाउन छाडियो, यसका कारण व्यक्तिमा नैतिकता हराएर समाजमा विभिन्न प्रकार विसङ्गति र विकृति बढेको छ, त्यसैले अब नैतिक शिक्षालाई जोड दिनुपर्छ ।”
मुलुकमा गरिखाने शिक्षा आवश्यक रहेको औँल्याउनुहुँदै मुख्यमन्त्री बानियाँले ठगी खाने र मागी खाने शिक्षा अब नचल्ने बताए । नयाँ पुस्ताले रोजेको जस्तो र खोजेको जस्तो शिक्षालाई तत्काल पूरा गर्न नसकिए पनि प्राविधिक शिक्षालाई जोड दिई त्यो मार्गमा लैजान सकिने उनले उल्लेख गरे । पछिल्लो समय एआई (कृत्रिम बुद्धिमता)लगायतका प्रविधिको विकाससँगै विकृति बढेको प्रसङ्ग उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले एआईले दिए सबै प्रश्नको उत्तर सही र सत्य नै दिन्छ भने छैन, त्यसैले सचेत हुनुपर्नेमा जोड दिए ।