काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुडानमा शान्ति सेनाको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा कडा निन्दा

1.92K
shares

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गरेका छन् ।

महासचिवले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणका कारण छ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । मृतक र घाइते सबै एबिएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बङ्गलादेशी शान्ति सैनिक हुन् ।

महासचिव गुटेरेसले बङ्गलादेश सरकार र जनताप्रति तथा ज्यान गुमाएका शान्ति सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकलाई लक्षित गरी गरिने कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार गम्भीर अपराध हुन सक्ने उल्लेख गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई संयुक्त राष्ट्रसङ्घीय कर्मचारी र सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् । साथै, यस घटनामा दोषीलाई उत्तरदायी बनाइनुपर्नेमा उनले जोड दिएका छन् ।

महासचिवले सुडानमा जारी द्वन्द्व अन्त्य गर्न तत्काल युद्धविराम, वार्ता पुनः प्रारम्भ र सुडानी स्वामित्वमा आधारित समावेशी राजनीतिक प्रक्रिया अघि बढाउन सबै पक्षलाई पुनः आह्वान गरेका छन् ।

यसबीच, सुडानी सशस्त्र सेनाले उक्त आक्रमण अर्धसैनिक द्रुत समर्थन बलले गरेको आरोप लगाएको भए पनि ती बलले आरोप अस्वीकार गरेका छन् ।