काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन

2.29K
shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल अवलोकन गरेको छ । मन्त्री खरेलले आज त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर पुगेर एनपिएलमा जारी खेल अवलोकन गरेको हो ।

एनपिएलअन्तर्गत आज पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गरिरहेका छन् । सुदूरपश्चिम अङ्कतालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा छ । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

आज जित्ने टोली सिधैँ फाइनलमा पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।