global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

स्थानीयहरुले उपलब्ध गराएको तस्बिर तथा विवरण अनुसार मोटरसाइकल पुलबाट तल खोल्सातिर खसेको देखिन्छ । भीरालो भूभाग भएको खोल्सामा दुई जना व्यक्ति मोटरसाइकल दुर्घटनामा परेर मृत अवस्थामा भेटिएका छन घटनापछि आसपासका स्थानीय उद्धारका लागि खोल्सामा झरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार मोटरसाइकल नियन्त्रण गुमेर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । उनले भने, “बुङ्दोल खोला पुल क्षेत्रमै मोटरसाइकल दुर्घटना भएको पुष्टि भएको छ । दुबै जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । घटनाबारे थप विस्तृत विवरण संकलन भइरहेको छ ।”
प्रहरी टोली घटनास्थलमा खटिएको छ भने मृतकको परिचय खुलाउने कार्य र दुर्घटनाको विस्तृत कारण पत्ता लगाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु