global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

दानबहादुर बुढा
मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिका–९ मा अवस्थित दुई विद्यालयका १ सय ९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा १९० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन–अध्यापनमा सहजता पु-याउने उद्देश्यले स्टेशनरी वितरण गरिएको फाउन्डेसनले जनाएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पापुका ८५ जना विद्यार्थि र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलकाका १०५ जना विद्यार्थीलाई कपिकलम सहित विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।

विद्यार्थीहरुलाई अध्ययन सामग्रीको अभावका कारण चुनौती भोगिरहेका विद्यार्थीहरूलाई सहयोगले प्रेरणा मिलेको नेपाल राष्ट्रिय आधारभुत बिधालय पापुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर रोकायाले बताए । उनले भने, स्टेशनरीको अभावले पढाइ प्रभावित हुने समस्या थियो । सहयोगपछि विद्यार्थीहरू उत्साहित भएर कक्षामा सहभागी हुन थालेका छन् ।

त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलका प्रधानध्यापक विकास भामले सामग्री वितरणले विद्यालयको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पारेको बताए । उनका अनुसार, सामग्री पाएका विद्यार्थीहरू निकै खुसी छन् र उनीहरूको अध्ययनप्रतिको चासो थप बढेको छ ।

सामग्री पाएका विद्यार्थीहरूले पनि कापी–कलमले आफूहरूलाई थप लगनशील हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । अक्कल कोपिला फाउन्डेसनले यस अघि छायांनाथ–रारा नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको थियो । हाल फाउन्डेसनले सेवा क्षेत्र विस्तार गर्दै मुगुमकार्मारोङ गाउँपालिकाका विद्यालयमा पनि सहयोग थालेको अध्यक्ष अक्कल बोहोराले बताए । बोहोराका अनुसार, ग्रामीण क्षेत्रमा शैक्षिक पहुँच विस्तार, मनो–सामाजिक प्रोत्साहन र सिकाइ वातावरण सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने अध्यक्ष बोहोराको भनाई छ ।

फाउन्डेसनले मुगुमा विपन्न परिवारलाई राहत वितरण, प्रतिक्षालय निर्माण, सडक तथा धर्मशाला निर्माण, विद्यालय खेलमैदान विकासजस्ता सामाजिक सेवामा पनि निरन्तर योगदान गरि रहेका छन ।

प्रकाशित समय : ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु