काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देउसीभैलोबाट सङ्कलित रकमले बाटो मर्मत

3.02K
shares

देउसीभैलो खेलेर सङ्कलन भएको रकमले बाटो मर्मत गरिएको छ । देउसीभैलो मनोरञ्जनका लागि खेल्ने गरिए पनि पछिल्लो समय यहाँका केही समूहले मनोरञ्जन मात्रै नभएर विकास निर्माणमा लगानी गर्न थालेका हुन् ।

हुम्लाको अदानचुली गाउँपालिका–१ तल्लो कल्खे गाउँका युवाले यस वर्षको तिहारमा देउसीभैलो खेलेर सङ्कलन भएको रकमले दैनिक आवतजावत गर्ने बाटो मर्मत गरेका उक्त समूहका संयोजक वर्ष महतराले बताए । “गत वर्ष दैनिक पशुचौपाया हिँड्ने तलिखोलाको बाटो मर्मत गरेका थियौँ, यस वर्ष स्यालखेत खानेपानीको बाटो मर्मत गरेका हौँ”, उनले भने ।

पछिल्लो समय दुर्गम क्षेत्रमा विकास योजना नआउने, ल्याउनु परे निकै सास्ती ब्योहोर्नुपर्ने, सानातिना विकासका योजना नआउनेलगायत समस्या भएकाले गाउँको मर्मतमा समूह जुटेको महतराको भनाइ छ ।

मुगु जिल्लाको भिइ, सोरु गाउँपालिकाको मुख्य बजार क्षेत्र, तुम्च र हुम्लाको आफ्नै गाउँमा देउसीभैलो खेली करिब ३५ हजार सङ्कलन भएकामा १३ जना युवाको खाना खर्च कटाएर बाँकी रकमले बाटो मर्मत गरिएको हो । दैनिक खानेपानी ल्याउने, पशुचौपाया हिँड्ने बाटो गत वैशाखमा आएको बाढीले भत्काएको थियो ।