भानु खरेलकोटिमले गरे एनआरएनए अमेरिकाको लागि उम्मेदवारी घोषणा
वि.सं.२०८२ साउन १८ आइतवार १०:०५
shares

अमेरिका । यही अगस्ट १६–१७ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्षपदका लागि भानु खरेल र उनको टिमले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्।
शनिवार टेक्सस इर्भिंगमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै भानु खरेलले अमेरिकामा रहेका नेपालीहरूको सामुदायिक सम्मान अरू उच्च बनाउन र अमेरिकास्थित नेपालीहरूको बौद्धिक, आर्थिक र व्यावसायिक क्षमतालाई नेपालसँग जोड्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताए।
हाल संघको उपाध्यक्षपदमा कार्यरत खरेलले अमेरिकामाआएर धेरै नेपालीहरूले ’अमेरिकी सपना’ साकार मात्रै पारेको नभै नेपालको उन्नतिमा पनि हातेमालो गरेको बताए । आइआइडीएसद्वारा गरिएको एक अध्ययनका अनुसार सन् २०२२ मा नेपालको सूचना प्रविधि (आइटी) निर्यात ५१५ मिलियन अमेरिकीडलर पुगेको थियो, जुन नेपालको कुलगार्हस्थ्य उत्पादन (जिडिपी) को १.४ प्रतिशत र विदेशी मुद्राको सञ्चितिको ५.५ प्रतिशत हो। आइटी क्षेत्रबाट प्राप्त आम्दानीको ठूलो हिस्सा अमेरिकाबाट गएको थियो। त्यस्तै सन् २०२३ मा अमेरिकामा बसोबास गर्ने नेपालीहरूले १.२८ अर्ब अमेरिकीडलर रेमिट्यान्सको रूपमा नेपाल पठाएका थिए,“ खरेलले भने। उनले सन् २०१५ को नेपाल भूकम्पका बेलातथा कोभिड–१९ महामारीमा अमेरिका स्थित नेपाली समुदायले गरेको प्रयासमा सामेल हुनपाएको स्मरणपनि गरे।
२०२५–२७ का लागि अध्यक्षपदमा निर्वाचित भएमाआफूले संस्था भित्रएकता र समावेशितालाई प्रवद्र्धन गर्ने, युवा र महिलालाई प्रोत्साहन गर्ने, ’एक पटकको नेपाली सधैँको नेपाली’भन्ने मूलमन्त्रलाई साकार पार्न एनआरएन नागरिकता र वंशजको नागरिकताको निरन्तरताको पक्षपोषण गर्ने, अमेरिकास्थित नेपालीहरूको व्यवसायलाई प्रवद्र्धन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने जनाए। उनले नयाँकार्य समितिले एक छुट्टै टास्कफोर्स बनाएर नेपाली दूतावास, नास आइटी, नेपाल सरकार लगायत सबै साझेदारहरूसँगको पहलमाआउँदो पाँचवर्षमा नेपालबाट अमेरिकामा गरिने आइटीनिर्यात दोब्बर पार्ने उद्देश्यले कार्य योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
‘यस बाहेक पर्यटन, लगानीका साथै उद्यमशीलतालाई प्रोत्साहन गर्ने छु। त्यस्तै नेपालीबिजनेस फोरम बनाएर अमेरिकामा कार्यरत साना तथा मझौला उद्यमीहरूलाई सघाउन प्रोत्साहन गर्ने वातावरण तयार गर्नेछु’उनले भने।
अध्यक्षका उम्मेदवार खरेलले आफू निर्वाचित भएमा एनआरएनए हेल्पडेस्क हटलाइन, करियर परामर्श र रोजगार मेला जस्ता कार्यक्रमहरूलाई विस्तार गर्ने, सामाजिक र सांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन गरेर पहिलो र दोस्रो पुस्ताका नेपालीहरू बीचको खाडललाई पुर्ने जनाए । उनले एनआरएनए भित्र पारदर्शिता र जबाफ देहिता सुनिश्चित गर्नुका साथै नेपाली भाषा र संस्कृतिको प्रवद्र्धन तथा नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्नका लागिपनि संस्थागत रूपमा पहल गर्ने बताए।
कार्यक्रममा टिमभानुको तर्फबाट एनसीसी अमेरिकाका उम्मेदवारहरू सरोज सिग्देल (वरिष्ठ उपाध्यक्ष), उपाध्यक्षका उम्मेदवारहरू विष्णु बराल, बल राई, एक देव शर्मा, सी के पराजुली, दुर्गा तिवारी (महिला उपाध्यक्ष), नवराज न्यौपाने (युवा उपाध्यक्ष), अनुपखनाल (महासचिव), वासुदेव भट्ट (सचिवखुला), लक्ष्मीथापा (महिला सचिव), महेन्द्र बस्नेत (कोषाध्यक्ष), मोहन कुसारी (सह कोषाध्यक्ष), बिकीथापा (युवा संयोजक), सरस्वतीशर्मा (महिला संयोजक), आइसिसी सदस्यका उम्मेदवारहरू रिता देवीप्रधान तथा दुर्गा प्याकुरेल, बोर्ड अफडिरेक्टर्सका उम्मेदवारहरू ध्रुव गौतम, हेम बहादुर ठकुला, सुरेन्द्र कुमार अवस्थी, गोविन्द सापकोटा, क्षेत्रीय संयोजक (साउथ), निश्चल चापागाईँ लगायतले आफै उपस्थितभई वालिखित सन्देश मार्फत उम्मेदवारी घोषणा गरेका थिए।

























