global ime bank Long Banner Ad

गृहपृष्ठ टिकटकमा गाली गलौज गर्ने जनकपुरकी ‘रोशनीजी’ भन्ने खातुन पक्राउ

टिकटकमा गाली गलौज गर्ने जनकपुरकी ‘रोशनीजी’ भन्ने खातुन पक्राउ

टिकटकमा गाली गलौज गर्ने जनकपुरकी ‘रोशनीजी’ भन्ने खातुन पक्राउ

जनकपुर । सामाजिक संजाल टिकटक मार्फत सार्वजनिक रुपमा अश्लील शब्द र गाली गलौज गर्ने एक युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका–२४ की करिब २० वर्षीया रोशनी खातुन रहेकी छन् । सामाजिक सञ्जाल टिकटकमा निरन्तर अभद्र भाषा प्रयोग गरेको आरोपमा टिकटकर खातुनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार खातुनले टिकटकमा प्रयोग गरेको भाषा र व्यवहारले समाजमा नकारात्मक असर पारेको र सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल पु-याउने किसिमको रहेको छ ।

खातुनविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने जिल्ला अदालतबाट म्याद थप गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको छ  ।

प्रकाशित समय : ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु