global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नयाँ कर्मचारीलाई पेन्सनमा रोक

नयाँ कर्मचारीलाई पेन्सनमा रोक

नयाँ कर्मचारीलाई पेन्सनमा रोक

आगामी आर्थिक वर्षदेखि सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीले पेन्सन नपाउने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली कार्यान्वयन गर्न सरकारले पेन्सन व्यवस्था हटाउने निर्णय गरेको छ ।

अर्थ मन्त्रलयले सबै मन्त्रालय, सार्वजनिक संस्थान, बोर्ड, समिति, प्रतिष्ठान र नियामक निकायहरुलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली पूर्णरुपमा लागू गर्न निर्देशन दिएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीको हकमा आवश्यक प्रबन्ध मिलाउनुपर्ने छ ।

सरकारले २०७५ सालदेखि कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली शुरु गरेको छ । तर कतिपय संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरुले पेन्सन तथा उपदान सुविधा दिने पुरानै प्रचलन कायम राखेकाले कर्मचारीको अवकाशपछिको भुक्तानीका लागि राज्यकोषमा दीर्घकालीन दायित्व सिर्जना भएको हो ।

प्रकाशित समय : २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु