गृहपृष्ठ ‘नेपाल–यूके लगानी बैठकको आयोजना’
‘नेपाल–यूके लगानी बैठकको आयोजना’
नेपाल जर्मन उद्योग वाणिज्य संघ र नेपाल सेन्टर यूकेसँगको संयुक्त सहकार्यमा नेपाल–यूके लगानी बैठकको आयोजना गरेको छ । सो बैठक २०२५ जुलाई २ मा लन्डनस्थित हाउस अफ लड्र्समा सम्पन्न भयो। बैठकको उद्देश्य नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्भावनाबारे छलफल गर्नु र लगानी प्रवद्र्धन गर्नु रहेको थियो ।
बैठकमा नेपाल तथा बेलायत सरकारका उच्च तहका अधिकारीहरू तथा वरिष्ठ व्यवसायीहरूको सहभागिता थियो। लगानी बोर्ड नेपाल (आईबीएन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुषिल ज्ञवालीले नेपालका ऊर्जा, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा रहेको लगानी सम्भावनाको बारेमा जानकारी गराए । उनले नेपालले लगानीमैत्री वातावरण सुधार गरिसकेको बताउँदै अहिलेको समयमा विदेशी लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरे। ज्ञवालीले नेपालले प्रक्रियाहरू सरल बनाइसकेको तथा विभिन्न आकर्षक प्रोत्साहनहरू पनि प्रदान गरिरहेको जानकारी दिए।
प्रकाशित समय : १९:५७ बजे




















