पाटीको नीति अब जेन–जी पुस्तालाई सँगै लिएर जाने हुनुपर्छ महामन्त्री थापा
वि.सं.२०८२ असार ८ आइतवार १५:५५
shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पाटीको नीति जेन्जी पुस्तालाइ सँगसँगै लिएर जानुपर्ने बताएका छन् ।
आइतबार नेपाल विद्याथीसंघ दोलखा काठमाडौं सम्पर्क समितिले काठमांडौमा आयोजना गरेको जेन–जी पुस्ता र लोकतान्त्रिक बिचार विषयक अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । थापाले अहिलेको अवस्थामा जेन–जी पुस्ताले १३ देखि २८ वर्ष उमेरसमुहका पुस्ताले विगतका कुनै दुख पिडा र व्यवस्थाले सताएको अवस्था कहिल्यै नदेखेका कारण पनि केही नभएको महसुस गरिरहेको छ । पुरै प्रविधिसँग हुर्किएको भएकाले पनि यो पुस्ताले वर्तमान समयमा केही नभएको देख्नु स्वभाविक रहेको भन्दै उक्त पुस्तालाई चित्त बुझ्ने नीति र सोहीअनुसारको परिणाममुखी काम आबश्यक रहेको उल्लेख गरे ।
महामन्त्री थापाले कांग्रेस लगाएतका ठुला पाटी पनि क्रमश सच्चिनुपर्ने बताउदै नयाँ पुस्ताले सधैं एउटै व्यक्ति नेतृत्वमा रहिरहने उसैले पटक पटक सरकारको नेतृत्व गरिरहने र उक्त पात्रबाट कुनैपनि आशलाग्दा परिणाम नआउने विस्वास जेन–जी पुस्तालाई रहेको जनाए । उनले उनिहरुको उक्त संका चिर्न थुप्रै कामहर गर्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले नयाँ पुस्ताको मन जित्न भनौं या त पाटीका नेताहरुलाई आम रुपमा लागेको आरोपबारे प्रस्ट पार्न पनि २०४८ यताका सार्वजनिक पद धारण गरेका सम्पुर्ण नेताहरुको एक शक्तिसाली आयोगको गठन गरी प्रत्येकको सम्पति छानविन गर्नुपर्ने बताए । उनले स्वच्छ व्यक्तिको नेतृत्वमा गठन हुने उक्त आयोगले दोसी ठहर्याएका जो सुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउनसकेमात्र जेन–जी पुस्ताले दलहरुलाई भरोसा गर्ने जनाएका छन् । उनले उक्त विषय हरेक सभा बैठक र अन्य छलफलमा प्रस्ताब गरेको सुनाउदै त्यसतर्फ लाग्न सबैलाई अपिल गरेका छन् ।
उनले नयाँ पुस्तालाई आकर्शित गर्न अब पाटीले नयाँ ल्याउने नीतिमानै समाबेश गरेर अघि बढ्न लागिरहेको जनाएका छन् ।
नेविसंघ दालखा काठमांडौ सम्पर्क समितिका सभापति विजय बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसमा जेन–जी पुस्तालाई आकर्शण गर्न वर्तमान महामन्त्री गगन थापालाई पाटीको आगामी महाधिबेशनमा केन्द्रिय सभापति बनाउनुपर्ने तर्क गरे । उनले कांग्रेसप्रतिको भरोसा आम नयाँ तथा पुराना सबैखाले पुस्तालाई दोस्र्रो पुस्ताका केही नेताहरुमा मात्रै रहेको उल्लेख गर्दै त्यसको महामन्त्री गगन थापाले गरेमात्रै नेपाली कांग्रेसमा जेन–जी पुस्ताको आकर्शण हुने जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा महामन्त्री गगन थापा , केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी , दोलखा कांग्रेसका सभापति बर्मा लामा , नेबिसंघ र तरुणदलका केन्द्रिय सदस्यहरु तथा दोलखाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिएका छन् ।

























