काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘स्थानीय सरकारले विकासलाई जनतासँग जोड्नुपर्छ’

2.75K
shares

स्थानीय सरकारले जनभावना सम्बोधन हुनेगरी विकासको ढाँचा परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय सञ्चार केन्द्रले आज मध्यपुर थिमीमा आयोजना गरेको ‘गाउँगाउँमा सिंहदरबार, कति कानुनी कति व्यावहारिक’ विषय अन्तरक्रियाका वक्ताले सेवा प्रवाहमा सहजीकरणसँगै जनविश्वास कायम गर्नेगरी स्थानीय सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्थ मन्त्रालयका सहसचिव चिरञ्जीवी तिम्सिनाले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले योजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिए ।

मध्यपुर थिमि नगरपालिकका कार्यवाहक नगर प्रमुख एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले स्थानीय जनप्रतिनिधिले जनताको सेवामा समर्पित गर्दै नमुना काम गरेपनि त्यसको मूल्याङ्कन नभएको बताए । वडालाई आर्थिक अधिकार नदिइँदा ससाना योजना र सहायताका लागि नगरपालिका र माथिल्ला निकायको भरपर्नुपरेको उनको गुनासो थियो ।

विश्लेषक एवं पत्रकार सुदर्शन आचार्यले जनतामा आशा जगाउन सुशासन, आर्थिक समृद्धि र राजनीतिमा पुस्तान्तरण आवश्यक भएको बताए । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, पत्रकार दिवस गुरागाईं, आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यलगायतले आमनागरिकले गाउँगाउँमा सिंहदरबार आएको अनुभूति गर्ने गरी स्थानीय सरकारले काम गर्नुपर्नेमा जोड दिए ।