काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भगवती मानव कल्याणले निःशुल्क ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ आयोजना गर्दै

2.5K
shares

भगवती मानव कल्याण संगठनले निःशुल्क रुपमा ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनले आगामी जेठ २ र ३ गते निःशुल्क रुपमा ‘राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना गर्ने जानकारी दिएको हो ।

संगठनका अनुसार जीवनको हरेक पक्षबाट निराश भएका, संघर्षहरुबाट जुधिरहेका वा योग–ध्यान–साधना, कुण्डलिनी जागरण र अध्यात्मको क्षेत्रमा बढ्ने इच्छा राखेका व्यक्तिको लागि यो शिविर उपयोगी हुनेछ ।

यस्तै, नशाबाट ग्रसित, अनेक प्रयास गर्दासमेत नशाबाट मुक्त हुन सकेको छैन भने त्यस्तो व्यक्तिले शिविरमा सम्मिलित भएर नशामुक्त हुने महत्वपूर्ण अवसर प्राप्त सक्ने संगठनले जनाएको छ ।

यस शिविरमा २५ हजारभन्दा अधिक व्यक्तिहरुको सहभागिता रहने संगठनको दाबी छ । शिविरमा उपस्थित हुने सबै श्रद्धालुहरुका लागि शिविर स्थलमा नै आवास एवम् भोजनको निःशुल्क व्यवस्था रहने छ ।