नेपाल चिकित्सक संघको रौतहट शाखा गठन
वि.सं.२०८२ वैशाख २९ सोमवार १७:४८
shares

नेपाल चिकित्सक संघको रौतहट शाखा गठन भएको छ।
संघका केन्द्रीय अध्यक्ष डा अनिल कार्की, उपाध्यक्ष डा निरज सिंह, महासचिव डा सन्जिब तिवारी, सहकोषाध्यक्ष डा विक्रान्त ढकालको उपस्थितिमा शाखा र तदर्थ समित गठन भएको हो।
शाखाको सभापतिमा डा सुवास कुमार चौधरी चयन भएका छन्। वरिष्ठ उपसभापतिमा डा कौशर आलम, उपसभापतिमा डा राकेश चौधरी, सचिवमा डा मनोज कुमार कौशल, कोषाध्यक्षमा डा शषि रंजन तिवारी, सहसचिवमा डा नविन कुमार सिंह र सहकोषाध्यक्षमा डा राम भरोस प्रसाद चयन भएका छन्।

























