गृहपृष्ठ माओवादी केन्द्रको ‘समाजवादी अभियान’लाई साथ दिन प्रचण्डको आग्रह

माओवादी केन्द्रको ‘समाजवादी अभियान’लाई साथ दिन प्रचण्डको आग्रह

माओवादी केन्द्रको ‘समाजवादी अभियान’लाई साथ दिन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै ‘कर्णालीमाथिको अपमान सहन नसकिने’ चेतावनी दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट शुरू भएको पार्टीको भ्रातृ संगठन वाईसीएल- कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताउँदै सो अभियानलाई अझ तीव्र बनाउने घोषणा गरे ।

उनले भने, ‘हामी सरकारको नेतृत्वमा रहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउन काम गर्यौं । चीनसँगको सहकार्यबाट कर्णालीलगायत देशको उत्तरी सीमामा रहेका नागरिकका लागि आर्थिक अवसरको ढोका खोल्ने पहल गरियो ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि फेरि विभेद, अपमान र अन्याय गर्न खोजेको बताए । ‘खबरदार- यसमा हामी कर्णाली जनतासँग मिलेर सरकारको यो रवैयाको विरोध गर्छौं,’ उनले भने ।

 

प्रकाशित समय : १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु