global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सिन्धु विकास बैंकको साधारण सभा आज हुँदै

सिन्धु विकास बैंकको साधारण सभा आज हुँदै

सिन्धु विकास बैंकको साधारण सभा आज हुँदै

आज सिन्धु विकास बैंकको १४औं र १५ औं वार्षिक साधारण सभा बस्दैछ। बैंकले यो सभा यसअघि नै फागुन २८ गते बोलाएको थियो। तर गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो।

सभामा बैंकको हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र मर्जरको लागि अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, प्रबन्धपत्र र नियमालीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ।

यस्तै, गत दुई आवको वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति, उनका पारश्रमिक अनुमोदन र चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारणका विषयमा पनि प्रस्ताव प्रस्तुत गरिनेछ।

प्रकाशित समय : १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु