global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो छ : ऊर्जामन्त्री खड्का

हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो छ : ऊर्जामन्त्री खड्का

हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो छ : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजमा शान्ति स्थापनामा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताएको छ ।

सेवा केन्द्र काठमाडौंले महाशिवरात्री पर्वको अवसरमा आज पशुपति क्षेत्रमा आयोजना गरेको ‘धार्मिक सहिष्णुता एवं महिला सशक्तिकरण’ विषयक प्रवचन कार्यक्रममा समाजलाई रूपान्तरण र शान्ति स्थापनाका लागि केन्द्रको भूमिका महत्वपूर्ण रहेका बताएको हो ।

“समाजमा दाजुभाईबीच हुने कलह, झगडालाई शान्तिको माध्यमबाट एकताबद्ध बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेलेको छ, केन्द्रले समाजमा नैतिक शिक्षासमेत प्रदान गरेको छ”, मन्त्री खड्काले भने ।

ब्रह्मकुमारी केन्द्रले पु¥याएको सत्कर्मप्रति धन्यवाद दिँदै उक्त अभियानलाई अगाडि बढाउन आफू सरकारी क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हरेक घर र समाजमा नैतिक शिक्षाको खाँचो रहेको मन्त्री खड्काको भनाइ थियो ।

कार्यक्रममा ब्रह्मकुमारीको अभियानमा योगदान पु¥याएका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु