गृहपृष्ठ ‘सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छ’
‘सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छ’
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेनाले राष्ट्रको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको बताएको छ ।
सुदूरपश्चिम पृतना हेडक्वार्टरले धनगढीमा आज आयोजना गरेको महाशिवरात्री तथा २६२औँ नेपाली सेना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले सेनाले स्थापनाकालदेखि नेपालीको सुखदुःखमा हातेमाले गर्दै आएको बताए।
नेपाली सेनाले नागरिकको सुरक्षामा दिएको योगदानको प्रशंसा गरे । उनले भूकम्प, बाढी, पहिरोलगायत महामारीमा नेपाली सेनाले जनताको सुरक्षामा निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको बताए।
उनले भने, “आफ्नो प्राथमिक जिम्मेवारीको अलावा राष्ट्रको विकास, प्राकृतिक संरक्षण तथा अन्तरराष्ट्रियस्तरमा शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान प्रशंसनीय छ ।”
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय एकता र विकासमा सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए । मुख्यमन्त्री शाहले नेपाली सेना राष्ट्रको गौरवशाली सङ्गठन भएको बताउँदै भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमसत्ता तथा राष्ट्रिय एकताको रक्षा गर्नु महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए ।
सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजाले नेपाली सेनाले विपद् व्यवस्थापन, जनसुरक्षा, विकास निर्माण तथा संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै जनताको विश्वास जित्न सफल भएको उल्लेख गरे ।
कार्यक्रममा पाँच किलोमिटर र १० किलोमिटरको पुरुष तथा महिला दौड प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सातै प्रदेशको संस्कृति झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली सेनाले जनताको उद्धार तथा युद्धमा प्रयोग गरिने उपकरण तथा साधन प्रदर्शन गरिएको थियो ।
प्रकाशित समय : २१:२४ बजे




















