global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ तुलसीपुरमा खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

तुलसीपुरमा खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

तुलसीपुरमा खानेपानी आयोजना निर्माण अन्तिम चरणमा

यहाँको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिअन्तर्गत सहलगानीमा निर्मित आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । उक्त आयोजना ५६ करोड ८० लाख लागतमा निर्माण भइरहेको समितिका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार बबई नदीको पानी ‘लिफ्टिङ’ गरेर तुलसीपुर नगर क्षेत्रमा ल्याइनेछ । हाल पानीका पाइप जडान तथा ट्याङ्की निर्माण अन्तिम चरणमा छ । आयोजना पूरा भएपछि एक सय लिटर प्रतिसेकेन्ड पानीको आपूर्ति सम्भव हुने अध्यक्ष भण्डारीले बताए ।

आयोजना निर्माणबाट तुलसीपुर क्षेत्रका नयाँ बसपार्क, रानीजरुवालगायतमा बसोबास गर्ने उपभोक्तालाई खानेपानी सहज हुने जनाइएको छ । समितिले पुराना पाइपको मर्मत तथा नयाँ पाइप जडानसमेत गरिरहेको छ ।

समितिले विभिन्न स्थानमा रहेको करिब एक सय खानेपानी वितरण च्याम्बरहरू निर्माण गरी पूर्णरूपमा सुरक्षित बनाएको छ । जिआइएस प्रविधि तथा मोबाइल एप्स प्रणाली लागू गर्दै सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने प्रक्रिया अघि बढाएको छ ।

निकट भविष्यमा स्मार्ट मिटर जडान गरी उपभोक्तालाई पारदर्शी विलिङ उपलब्ध गराउने लक्ष्य लिइएको समितिले जनाएको छ ।

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु