global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सेयर बजारमा पाँच अङ्कको वृद्धि

सेयर बजारमा पाँच अङ्कको वृद्धि

सेयर बजारमा पाँच अङ्कको वृद्धि

साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा पाँच अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २६१३ दशमलव ०८ को विन्दुमा पुगेको छ ।

मंगलबार ३११ कम्पनीका ६९ हजार ८४० पटकको कारोबारमा १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँ रहेको छ ।

१०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह घट्दा अन्यमा हरियाली छाएको छ ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु