global ime bank Long Banner Ad

गृहपृष्ठ निर्यातको सम्भावना रहेको सिमेन्ट उद्योगमा समस्याको चाङ

निर्यातको सम्भावना रहेको सिमेन्ट उद्योगमा समस्याको चाङ

निर्यातको सम्भावना रहेको सिमेन्ट उद्योगमा समस्याको चाङ

छोटो समयमै निर्यातको सम्भावना बोकेको सिमेन्ट उद्योगमा सरकारले गम्भिर ढंगलले अपनत्व लिन नसक्दा उद्योगहरु बन्द हुने अबस्थामा पुगेको सिमेन्ट उद्योगीहरुले बताउँदै आएका छन् ।

सिमेन्ट उद्योगहरुको स्थापनाकालमा सिमेन्टको खपत वृद्धि १२ देखि १६ प्रतिशतसम्म प्रतिवर्ष थियो। आजभन्दा २० वर्ष अगाडी क्लिङकरमा आधारित सिमेन्टको उत्पादन निजी क्षेत्रवाट शुरु भएको हो । त्यसको ५–७ वर्ष पछाडी चुनढुङ्गामा आधारित सिमेन्ट उद्योगहरुको शुरुवात भई १५–१६ वर्षको समयमा नै सिमेन्टमा आत्मनिर्भर भइ निर्यात गर्न समेत सक्षम भएको हो ।

नेपाल सिमेन्ट संघका अनुसार गत आर्थिक वर्ष २०८०\०८१ को चैत्र मसान्तसम्म करिब २ करोड ३५ लाख ३८ हजार ५७८ मे.टन सिमेन्ट र क्लिङकर निर्यात समेत गरेको तथ्यांक छ ।

पछिल्लो समय निजी क्षेत्रवाट वन्ने योजना आयोजनाहरुको निर्माणमा कमी आउँदा सिमेन्टको खपतमा कमि आई ८ देखि १० लाख टन मात्रै खपत हुन जादा अधिकांश सिमेन्ट उद्योगहरु धराशायी हुन पुगेको संघको भनाई छ ।

संघका अनुसार निर्माण क्षेत्रमा कमी आउँदा आधाभन्दा बढी उद्योग बन्द भएका र संचालनमा रहेका यस्ता सिमेन्ट उद्योगहरु समेत २० देखी २५ प्रतिशत क्षमतामा मात्रै संचालन भएका छन । त्यसैगरी चुनढुङ्गामा आधारीत उद्योगहरु ५० देखी ६० प्रतिशत क्षमतामा मात्रै संचालनमा रहेका संघको दाबी छ ।

भारत निकाशी समेत गरीरहेको वर्तमान अवस्थामा यस प्रकारले लगाईएको अतिरिक्त हरित करले गर्दा उद्योगहरुलाई थप आर्थिक भार पर्न जाने हुँदा उक्त कर खारेज गर्नुपर्ने संघको भनाई छ ।

चालु आर्थिक वर्ष २०८१\०८२ को वजेटवाट सिमेन्ट उद्योगहरुका लागी कच्चा पदार्थको रुपमा अति आवश्यक रहेको कोईलाको पैठारीमा लगाईएको हरित कर खारेज गर्नु पर्ने संघका अध्यक्ष रघुनन्द मारुले बताए । उनले भने,‘ निर्यातको संम्भावना बोकेको यस्तो क्षेत्रलाई सरकारले प्राथमिकतमा नराख्दा उद्योग नै बन्द गर्नेैअबस्थामा पुयौं ।’

 

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु