nmb bank

गृहपृष्ठ सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र निर्माण हुन्छः मन्त्री पौडेल

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र निर्माण हुन्छः मन्त्री पौडेल

सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र निर्माण हुन्छः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् ।

विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए ।

“मानव अङ्गदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, मन्त्री पौडेलले भने “तत्काल कोशी प्रदेशबाट यो काम थालिने छ ।”

उहाँले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । “‘यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन”, मन्त्री पौडेलले भने, “त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौँ ।”

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र स्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु