nmb bank

गृहपृष्ठ कोशी प्रदेशमा उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

कोशी प्रदेशमा उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

कोशी प्रदेशमा उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु
कोशी प्रदेशमा पाँच स्थानीय तहमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु हुने भएको छ ।
प्रदेश प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा रु तीन करोड ७५ लाख लगानीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नामक संस्थाबीच त्रिपक्षीय सम्झौता भएको छ । प्रत्येक पालिकामा प्रदेश सरकारले रु ४० लाख, पालिकाले रु २० लाख र दायित्वले रु १५ लाख खर्च बेहोर्ने सम्झौता भएको छ ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु